काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित तीन दिने 'सिटिजन हिरोज कनक्लेभ'को चौथो संस्करण सम्पन्न भएको छ । प्रत्येक वर्ष आयोजना हुने उक्त कार्यक्रम भदौ १४ गते देखी १६ गतेसम्म चितवनको सौराहामा सञ्चालन गरिएको थियो ।
'सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा' भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रम हरेक वर्ष कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजर, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका एजेन्सी म्यानेजरहरूलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।
छनौट भएका सिनियर एजेन्सी मेनेजरहरूको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिने गरेको छ । कार्यक्रमले लिडर्शहरूलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्दा नयाँ ढङ्ग र तरिकाले सोच्ने तथा अझै सबल र प्रतिस्पर्धी बनाउने कम्पनीको अनुभव छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्शहरूलाई तालिम प्रदान गरिएको थिए ।
कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम समेत सञ्चालन गरेको छ । तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा जानकारी दिइएको कम्पनीले जनाएको छ ।
यस कार्यक्रममा एजेन्सी म्यानेजरहरूका साथै कम्पनीको व्यवस्थापन टिमका लगायत प्रमुख व्यवसाय अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।