काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकसँगको संलग्नता बढाउन गत जेठ र असार महीनामा सञ्चालन गरेको ‘पार्टनर फर प्रोग्रेस’ फेसबुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।
प्रतियोगिताका विजयी तीन विजेतालाई बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठले नगद पुरस्कार क्रमश: रू. ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू, जस्तै– श्रीमतीका लागि श्रीमान् तथा बच्चा, बहिनीका लागि दाजु र छोराका लागि बुवाको भूमिका महत्त्वपूर्ण हुने भिडियोमार्फत दर्शाइएको छ ।