काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कुल ३ लाख १८ हजार ८७३ दशमलव १५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले ५४ हजार ८११ रुपैयाँ ५७ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँमा र २ लाख ६४ हजार ६१ दशमलव ५८ कित्ता शेयर भने प्रतिकित्ता १०० रुपैयाँमा विक्रीमा ल्याएको हो ।
फरक फरक मूल्यका यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ । आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।