काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीमा प्रदिप सिग्देलको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको हो । वैशाख ६ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाले संस्थापकतर्फबाट चार जना र सर्वसाधारणको तर्फबाट दुई जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो ।
सभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरुको उपस्थितिमा प्रदिप सिग्देललाई अध्यक्षमा चयन गरिएको हो । कम्पनीको सञ्चालकहरुमा भने अर्जुन कुमार सिँह, जीवमूर्ति पन्त, हरि प्रसाद डुम्रे, भेष राज रोकाया र विनोद तामाङ रहेका छन् ।