काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड खरेन्द्रपुर शाखा कार्यालयले आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ । फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्विजीवी, समाजसेवी आदिको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना दिँदै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । समृद्धि फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्स हो ।
फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा नि:शुल्क प्रदान गरिरहेको छ ।