काठमाडौं । सन नेपाल लाइफले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सन नेपालले भदौ १५ गतेदेखि लागू हुने गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले उक्त आईपीओको बाँडफाँटसमेत भदौ १५ गते गर्ने भएको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको शेयर दााखिला खारेज, नामसारी, धितो बन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशनसम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङले गर्नेछ ।