काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले असोज मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण (न्याभ) मंगलवार सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार फण्ड असोज मसान्तसम्ममा रू. ३ करोड ५४ लाख नोक्सानीमा छ । भदौ मसान्तसम्म फण्ड रू. १ करोड ९३ लाख नोक्सानीमा थियो ।
उक्त फण्डको नाफासँगै न्याभ पनि घटेको छ । भदौ मसान्तसम्ममा फण्डको न्याभ रू. ८ दशमलव ६७ रहेकोमा असोज मसान्तसम्ममा घटेर रू. ८ दशलमव ५४ पुगेको हो ।
असोज मसान्तसम्म फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।
भदौ मसान्तसम्म सूचीकृत शेयरमा रू. ६० करोड ३९ लाख लगानी गरेको उक्त फण्डको लगानी असोज मसान्तसम्म बढेर रू. ६१ करोड ८८ लाख पुगेको छ ।