काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्ड (योजना) ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
सनराइज ब्लूचिप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फस्र्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । यी तीन ओटै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।
सनराइज ब्लूचिप फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ १७ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्विटी फण्डको न्याभ वैशाख मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा रहेको छ । यस फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ ९७ पैसा थियो ।
सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ ४ पैसा रहेकोमा वैशाख मसान्तमा ११ रुपैयाँ ७७ पैसामा झरेको छ । न्याभसँगै यस फण्डको नाफा पनि घटेको छ ।
चैत मसान्तसम्म फण्डले रू. ३ करोड ९७ लाख नाफा कमाएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ६२ लाखमा झरेको हो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ५ करोड ४१ लाख भएकोमा वैशाख मसान्तमा रू. ३ करोड २३ लाखमा झरेको छ ।
सनराइज फोकस्ड इक्विटी फण्ड भने वैशाख मसान्तसम्म रू. १ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा पनि फण्ड रू. २५ लाख ५६ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ ।
वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएका कारण जम्मा आम्दानी रू. १७ लाख २२ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेको छ ।
सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ७० करोड ८८ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ६९ करोड ६५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ ।
वैशाख मसान्तसम्म फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्म रू. ४ करोड २८ लाख थियो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो ।
सनराइज फस्र्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सनराइज ब्लूचिप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सनराइज फोकस्ड इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्