काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड फण्डले मङ्सिरको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डले कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।
सनराइज फोकस्ड इक्वटी फण्डले कात्तिक मसान्तमा रू. ५७ करोड लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ६४ करोड ४६ लाख पुर्याएको हो । त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ५६ करोड ५५ लाख लगानी गरेकोमा रू. ६१ करोड १९ लाख पुर्याएको हो ।
सनराइज ब्लूचिप फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ७९ करोड ५६ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८६ करोड ९७ लाख पुर्याएको छ ।
त्यस्तै यी तीनओटै फण्डको न्याभ पनि कात्तिकको तुलनामा मङ्सिरमा बढेको छ । सनराइज ब्लूचिप फण्डको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ २६ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको हो । यो फण्ड मङ्सिर मसान्तमा रू. १५ करोड ४९ लाख नोक्सानीमा छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ६२ पैसा रहेकोमा मङ्सिर मसान्तमा ११ रुपैयाँ ०६ पैसा पुगेको हो । मङ्सिर मसान्तमा यस फण्डले रू. २ करोड ८१ लाख नाफा कमाएको छ । कात्तिक मसान्तमा भने फण्ड रू. ९५ लाख २६ हजार नोक्सानीमा थियो । मङ्सिरमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो ।
सनराइज ब्लूचिप फण्डको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ६३ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ०४ पैसा पुगेको हो । यो फण्ड मङ्सिर मसान्तमा ९८ लाख ३ हजार नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ५ करोड १० लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी कात्तिकको तुलनामा मङ्सिरमा केही घटेको छ ।