काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचीकृत भएको छ । फण्डको १० करोड इकाई सूचीकृत भएको हो । अव यस फण्डको कारोबार धितोपत्रको दोस्रो बजारमा भोलि बिहीवार देखि हुनेछ ।
फण्डको स्टक सिम्बोल एसएफइएफ रहेको छ । यस फण्ड सनराइज क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत सञ्चालित बन्द मूखी योजना हो । साथै फण्डले सूचीकृत पश्चात दिनु पर्ने आरटिएस सम्बन्धी सेवा सनराइज क्यापिटल काठमाडौंबाट हुने जानकारी दिएको छ ।