काठमाडौं । कुमारी बैंक लिमिटेडले २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएपछि बैंकले उक्त शेयर सर्वसाधारणमा जारी गरेकाे हाे । बैंकले यसअघि यी शेयर विद्यमान संस्थापकहरूले मात्र खरीद गर्न पाउने गरी निष्कासन गरेको थियो ।
सो अवधिमा वितरण हुन नसकेको यी शेयरमा आगामी ३५ दिनभित्र योग्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन पाउनेछन् ।
तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सकिनेछ ।