भदौ १, काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा मन्दाकिनी हाइड्रोपावर, श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको पहिलो कारोबार भएको छ।
कारोबार अवधिमा मन्दाकिनीको प्रतिकित्ता रू. २३७ दशमलव ३०, अप्पर सोलुको रू. ३२४ दशमलव ६० र श्वेत-गंगाको रू. २६९ मा पहिलो कारोबार भएको हो ।
यी तीन ओटै कम्पनीको शेयर साउन ३१ गते नेप्सेमा सूचीकृत भएको थियो । बुधवार स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएसँगै अब यी कम्पनीहरूको शेयर कारोबार नियमित रूपमा गर्न सकिनेछ ।