काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत १७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पाँच जना सञ्चालकमा निर्वाचित भएका हुन् ।
जसमा संस्थापक शेयरधनीतर्फ रित्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल, पुनित कुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण शेयरधनीतर्फ रित्त रहेको सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
साथै कम्पनीको अध्यक्षमा महेश कुमार पोखरल चयन भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई चयन गरेको हो ।