काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ ।
तालिम लिनका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा चैत २५ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।
तालिम चैत २७ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि सञ्चालन गरिने कम्पनीले बताएको छ । तालिम सञ्चालन कम्पनीको प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा हुनेछ ।