काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा राजकुमार तिमल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ८८ जनाको मत खसेकोमा ढकालले ४५ मत र तिलाम्सिनाले ४३ मत पाए ।
अध्यक्ष ढकालसँगै उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय रेग्मी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा जयन्त श्रीवास्तव, विशालकुमार अग्रवाल, जेलिना कँडेल र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
पुरानो ब्रोकरहरूको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र नयाँ ब्रोकरहरूको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच मर्जरपछिको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । यी दुई संगठनबीच गत कार्तिक २८ गते मर्जरको सम्झौता भएको थियो ।
स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साघारणसभा यही मंसिर २० गते सम्पन्न भएको हो ।
यसअघि स्टक ब्रोकर एसासिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा थिए ।