काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४ दशमलव १७ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कम्पनीले इम्पेयरमेन्ट चार्जबापत ५ करोड ७१ लाख ९८ हजार रुपैयाँ फिर्ता पाएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जबापत २ करोड २ लाख ६५ हजार रुपैयाँ छुट्याएको थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी थियो ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने ८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कायम छ ।
पहिलो त्रैमाससम्म बैंकले १ खर्ब १३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव १० प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ९५ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा छ ।