काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतवार (आज) १ हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ तोकिएको सुन आज १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत शुक्रवार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ९६० निर्धारण भएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८२ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरीददर १४० रुपैयाँ ५२ पैसा र विक्रीदर १४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १६८ रुपैयाँ ८६ र विक्रीदर १६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर १५१ रुपैयाँ ७५ पैसा र विक्रीदर १५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ ६३ पैसा र विक्रीदर ८८ रुपैयाँ दुई पैसा, क्यानेडियन डलर एकको खरीददर ९६ रुपैयाँ ३७ पैसा र विक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरीददर १ रुपैयाँ चार पैसा र विक्रीदर १ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर आठ रुपैयाँ ७३ पैसा र विक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरीददर तीन रुपैयाँ ९१ पैसा र विक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ७१ पैसा र विक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३० रुपैयाँ १८ पैसा र विक्रीदर ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ५९ पैसा र विक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरीददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरीददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ३२ पैसा र विक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरीददर चार सय ३८ रुपैयाँ र विक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरीददर तीन सय ५७ रुपैयाँ ६८ पैसा र विक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरीददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।