काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधवार तोलाको १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि यही चैत ८ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।