काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ ।
गत वर्ष यस अवधिसम्म १ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा रहेको हो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीले नोक्सानी सुधारेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १ करोड ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।
वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष १ करोड रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको यस वर्ष ५६ करोड ७९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको हो । कम्पनीको कर्जा रकम भने ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । जगेडा कोष रकम गत वर्ष १ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष ऋणात्मक अवस्था सुधारिएर १० करोड ८४ लाख रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।