वीरेन्द्रनगर। सुर्खेत उद्योग वाणिज्य संघले शनिवार वीरेन्द्रनगर बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा सदस्यता नवीकरण, मूल्यसूची, फोहोर व्यवस्थापनसम्बन्धी सचेतनासहित दशैंको अग्रिम शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
‘हामी सबैको रहर सफा स्वच्छ सुन्दर वीरेन्द्रनगर निर्माणका लागि साथ तपाईंको नेतृत्व हाम्रो’ भन्ने अभियानका साथ घरदैलो कार्यक्रम सम्पन्न गरिएको संघका महासचिव भद्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार स्वस्थ व्यवसाय, स्वस्थ व्यवसायीअन्तर्गत उपभोक्तामैत्री भई सेवा दिन र चाडपर्वमा व्यवसायलाई अझ पारदर्शी बनाउन संघले अभियान चलाएको बताए ।
व्यवसायीले कानूनी प्रक्रिया पालना गर्न र ग्राहकलाई अधिकतम सन्तुष्टि दिन अनुरोध गरेको भण्डारीले जानकारी दिए । सरकारी निकायबाट हुने अनुगमनमा आफूलाई प्रष्ट र चुस्त पार्न व्यवसायीलाई सुझाव दिएको उनले बताए । शनिवार बिहान मंगलगढी चोकबाट शुरू भएकोे भेटघाट कार्यक्रम वीरेन्द्रनगर बजारका विभिन्न स्थानमा पुगेको थियो ।