काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले यो वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष ०७७/७८ मा लाभांश वितरण गरेको कम्पनीले त्यसयता लगानीकर्ताको हात खाली बनाउँदै आएको छ ।
कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको वार्षिक साधारण सभा पुस २९ गते गर्ने तयारी कम्पनीले गरेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । यसआधारमा पुस १४ गतेसम्म कायम कम्पनीका शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।