काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेडले रू. ६ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा भने कम्पनीको खुद नाफा साढे १६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेको छ भने वित्तीयसँगै अन्य खर्चका शिर्षक बढेका छन् । जसको कारण खुद नाफा घट्न पुगेको हो । गत वर्ष यस अवधिसम्म रू. १६ करोड २७ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ७३ लाखभन्दा बढीको मात्र विद्युत विक्री गरेको हो ।
गत वर्षको भन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ३ दशमलव ३० प्रतिशत कम भएको हो । वित्तीय खर्च भने गत वर्षभन्दा यस वर्ष ८ दशमलव २२ प्रतिशत बढेको छ । गत वर्ष रू. ३ करोड २ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ करोड २६ लाखभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाख रहेको छ भने जगेडा कोष रकम २४९ दशमलव ५५ प्रतिशत बढेर रू. २० करोड २९ लाखभन्दा बढी कायम भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९४ र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव शून्य ९ रहेको छ ।
स्रोत : कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित