काठमाडौं । बझाङ प्रदेशसभा (१) मा शनिवार सम्पन्न उपनिर्वाचनको मतगणना शुरु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको १ र २ वडाको मतगणना भइरहेको छ ।
त्यसअघि मतगणनाका लागि सर्वदलीय बैठक बसेको थियो । बैठकले मतगणनाका लागि आचारसंहिता तयार पारेको छ ।
उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को पनि मतगणना जारी छ । राससको सहयोगमा