नेपालबाट अहिले वार्षिक २ अर्ब रुपैयाँबराबरको प्रिफर्म निर्यात हुने गरेको छ । नेपालमा उत्पादित प्रिफर्म तुलनात्मक रूपमा गुणस्तरीय तथा सस्तो भएकाले यसको निर्यात सम्भव भएको पेट बोतल एण्ड क्लोजर उत्पादक सङ्घका अध्यक्ष भरतराज आचार्यले बताए । उनले प्रिफर्म बनाउन आवश्यक मेशिन चीनबाट आयात गर्ने गरिएको र यसको प्राविधिक लागत कम हुने गरेको पनि जानकारी दिए । उनका अनुसार नेपालमा वार्षिक ७ अर्ब रुपैयाँबराबरको प्रिफर्म उत्पादन हुने गरेको छ । सङ्घका अनुसार बाँकी ५ अर्ब रुपैयाँबराबरको प्रिफर्म भने स्वदेशमै खपत हुने गरेको छ । अहिले नेपालमा ३८ ओटा प्रिफर्म उद्योग सञ्चालनमा छन् । प्रिफर्म बोतल उद्योगहरूले उत्पादन गर्छन् । प्रिफर्म पेट बोतलको कच्चा पदार्थ हो । यो ग्य्रानुल्स नामक कच्चा पदार्थबाट तयार गरिन्छ ।
वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९