फागुन २५, भक्तपुर । शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै सोमवार सानोठिमीस्थित शिक्षक सेवा आयोग घेराउ गरेका छन् । सरकारले शिक्षा सङ्कायबाहेक अन्य सङ्काय अध्ययन गरेकालाई पनि शिक्षक अध्यापन अनुमतिपत्र दिन गरेको व्यवस्था तत्काल खारेज गर्न माग गर्दै विद्यार्थीले आयोग कार्यालय सोमवार बिहान १० बजेदेखि घेराउ गरेका हुन् ।
शिक्षाशास्त्रका विद्यार्थीको संयुक्त सङ्घर्ष समितिले ६ बुँदे माग राख्दै आयोग घेराउ गरेको हो । उनीहरूले आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । समितिले शिक्षा सङ्कायमा अध्ययन गरेका विद्यार्थीलाई मात्रै शिक्षक सेवा पदको प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने, प्राविधिक विषयको हकमा शिक्षण सेवा प्रवेशपूर्व वा पछि अनिवार्य तालीमको व्यवस्था हुनुपर्ने माग गरेको छ । माग पूरा नभए विद्यार्थीले कडा आन्दोलन गर्ने समितिका संयोजक विजय गौतमको भनाइ छ ।
समितिको ज्ञापनपत्र बुझ्दै आयोगका प्रशासकीय अधिकृत पौडेलले आफूहरू मन्त्रालयको आदेश कार्यान्वयन मात्रै गर्ने भएकाले यो मागलाई मन्त्रालय पु¥याइदिने प्रतिबद्धता व्यक्त गरे । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.