काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकको हकहित र अधिकारको क्षेत्रमा काम गर्दै आएको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
आश्रममा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिकको सेवामा समर्पित संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफूलाई धेरै खुशी महसूस भएको बताए ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनको भनाइ थियो ।