काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरूले धमाधम लाभांश प्रस्ताव गरेका छन् ।
गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये केही कम्पनीले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीको बुक क्लोज भइसकेको छ । अझै १४ कम्पनीहरूको भने बुक क्लोज हुन बाँकी छ ।
सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल लघुवित्त, सपोर्ट लघुवित्त, सुपर माई हाइड्रोपावर, नबिल बैंक, आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, बिन्ध्यबासिनी हाइड्रोपावर, ग्लोबल आइएमई बैंक, मन्दाकिनी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक र सगरमाथा जलविद्युत कम्पनीको बुक क्लोज हुन बाँकी छ । यस आधारमा यी कम्पनीहरूको शेयर खरीद गर्दा लाभांश पाउन सकिन्छ ।
सोल्टी होटलले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २६ दशमलव ८४३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि होटलले पुस ४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १३ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंंसिर १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति तय गरेको छैन ।
नेशनल लघुवित्तले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश, सपोर्ट लघुवित्तले १३ दशमलव ७७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७२५ प्रतिशत नगद लाभांश, सुपर माई हाइड्रोपावर ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६३ प्रतिशत नगद लाभांश, नबिल बैंकले १० प्रतिशत नगद लाभांश, आरएसडीसी लघुवित्तले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रो फाइनान्सले ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश, फरवार्ड लघुवित्तले ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत र प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले लाभांश पारितका लागि मङ्सिर ६ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य हुनेछन् ।
ग्लोबल आइएमई बैंकले गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ७ गते साधारण सभा बोलाएको छ । यस कम्पनीले साधारण सभा प्रयोजनार्थ कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
सगरमाथा जलविद्युत कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितको लागि कम्पनीले मङ्सिर १४ मा साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २५ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीको नाम | बोनस शेयर % | नगद लाभांश % | कुल लाभांश % | बुक क्लोज मिति |
सोल्टी होटल | १० | २६.८४३ | ३६.८४३ | मङसिर १३ देखि पुस ४ सम्म |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ६.५ | १९ | २५.५ | |
नेशनल लघुवित्त | १४.२५ | ०.७५ | १५ | |
सपोर्ट लघुवित्त | १३.७७५ | ०.७२५ | १४.५ | |
सुपर माई हाइड्रोपावर | ७ | ५.६३ | १२.६३ | |
नबिल बैंक | १० | १० | ||
आरएसडिसी लघुवित्त | ९.५ | ०.५ | १० | |
फर्स्ट माइक्रो फाइनान्स | ९ | ०.४७ | ९.४७ | |
फरवार्ड माइक्रो फाइनान्स लघुवित्त | ९ | ०.४७ | ९.४७ | |
विन्ध्बासिनी हाइड्रोपावर | ८ | ८ | ||
ग्लोबल आइएमई बैंक | ५.५ | ५.५ | कात्तिक २८ गते | |
मन्दाकिनी हाइड्रोपावर | ५ | ०.२६३२ | ५.२६३२ | मङ्सिर ९ गते |
पाइम कमर्शियल बैंक | ५ | ५ | कात्तिक २८ गते | |
सगरमाथा जलविद्युत | ४.७५ | ०.२५ | ५ |