काठमाडौं । यशोदा फूड्स प्रा.लि.ले ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाहलाई नियुक्त गरेको छ ।
शुक्रवार काठमाडौंको आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई खादा र फूलको गुच्छासहित स्वागत गरेका थिए ।
सो अवसरमा शाहले कम्पनीसँग अनुबन्धित हुन पाउनु आफ्ना लागि सम्मान तथा गौरवको विषय रहेको बताए । उनले कम्पनीलाई थप सफलता र उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको जानकारी दिएको छ ।