काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १०औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।
सभाले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् ।
त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै,सभाले कम्पनीको लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवद्धधित मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि १ करोड २३ लाख ५ हजार कित्ता बरावरका दरले १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।