मङ्सिर १८, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक कारोबार भएको दोस्रो घण्टाको अवधिमा शून्य दशमलव ५४ प्रतिशत घटेको छ । नेप्से ८ दशमलव ३६ अङ्क घटेर १ हजार ५ सय २९ दशमलव ३१ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका १ सय ३० कम्पनीको रू. २२ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल क्रेडिट एण्ड कमर्शको प्रतिकित्ता रू. ३ सय ६८ मा रू. २ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ८ समूहको परिसूचक घटेपछि नेप्से घट्न पुगेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.