काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८० दिनभन्दा माथि व्यतित भएका सम्पूर्ण बीमालेखमा ५० प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने भएको छ ।
कम्पनीले सूचना जारी गर्दै कम्पनीका बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखमा फागुन १५ गतेदेखि जेठ १३ गतेसम्म नविकरण गर्दा विलम्ब शुल्कमा उक्त छूट दिने जानकारी दिएको हो ।
यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा हुनेछ ।
एक पटक विलम्ब शुल्कमा छूट लिइसकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छूट नहुने भनाई पनि कम्पनीको छ ।