काठमाडौँ । सन् २०२५ को ५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल ५ लाख १ हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ८०० र अप्रिलमा १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
मेमा सबैभन्दा बढी भारतबाट २८ हजार १६०, अमेरिकाबाट ९ हजार ७४, चीनबाट ८ हजार ८२४, बङ्गलादेशबाट ४ हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट ३ हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार मेमा दक्षिण एशियाली मुलुकबाट ३४ हजार ३५०, एशिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट १ हजार ५१५ पर्यटक भित्रिएका छन् ।
अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव ६ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । रासस