काठमाडौँ । आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १० रुपैयाँले घटेको छ । आइतवार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी महासंघले दिएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रवार भने नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रवार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको जानकारी महासंघले दिएको छ ।