काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटल्सको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा १३ दमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सले रू. १ करोड ११ लाख नाफा कमाएको चालू आवमा बढेर रू.१ करोड २७ लाख पुगेको हो । चालू आवमा हाटल्सको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पु्गेको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १९ करोड ६९ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड १४ लाख पुगेको हो ।
त्यस्तै होटल्सको अन्य आम्दानी गत आवमा रू. १ करोड ५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ४१ लाख पुगेको छ । चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको होटल्सले जगेडामा रू. २ अर्ब ६९ करोड भन्दा बढी सञ्चिती गरेको छ ।
चालू आवमा होटल्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ १३ पैसा,प्रतिशेयर नेटवर्थ ३३८ रुपैयाँ ९६ पैसा र चालू अनुपात १ दशमलव ३५ गुणा रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.