काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को बीमाङ्कीय प्रतिवेदनका आधारमा मुनाफामा सरिक हुने गरी नयाँ बोनस दर निर्धारण गरेको हो । कम्पनीले जारी गरेका विभिन्न बीमालेखमा अवधिका आधारमा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मको बोनस दर निर्धारण भएको हो । कम्पनीका अनुसार सावधिक जीवन बीमा लेखमा २६ वर्षदेखि २९ वर्ष र ३० वर्ष वो सोभन्दा माथीको बीमालेखम योजनामा अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ । यस योजना अन्तर्गत ९ वर्षसम्म, १० देखि १४ वर्षसम्म र १५ देखि २० वर्षसम्मको बीमालेख योजनामा भने ६४ रुपैयाँ बोनस दर वितरण हुनेछ ।
सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मको बोनस दर कम्पनीले निर्धारण गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने कम्पनीले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । कम्पनीले निर्धारण गरेको नयाँ बोनस दर कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत अन्तरिम बोनस दरको रुपमा कायम हुने जानकारी दिएको छ ।