काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।