काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि. सप्तरी जिल्ला महादेव गाउंपालिका १ चिम्टिमा आगलागी प्रभावित ६६ घर परिवारलाई आर्थिक सहयोग गरेको । व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी कम्पनीले विगत देखि नै विपदको समयमा सहकार्य गर्दै आएको छ ।
कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत २ लाख बरावरको खाद्यान्न तथा राहत सामाग्रिहरू वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले बताए ।