प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्न दलहरू सहमत भएका छन् । भावी चुनावी सरकार गठनका विषयमा २ दिनदेखि छलफलमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूको कार्यदलले जेठ २२ मा संविधानसभा निर्वाचन गर्ने प्रस्तावमा सहमति गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् गृहमन्त्री विजयकुमार गच्छदारले बताए । कार्यदलले सोमवार पेश गरेको बाह्रबुँदे प्रस्तावमध्ये नागरिकता र मतदाता नामावलीको विषयमा भने निर्णय नभएको उनले बताए ।
वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९