काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले अन्तरराष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेकाले कम्पनीले आइएसओ ९००१–२०१५ प्राप्त गरेको हो । बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाइन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए ।
कम्पनीले प्रमाणपत्र ग्रहणका लागि आइतवार आयोजना गरेको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्ड पालना गर्न भिजन लुम्बिनी प्रतिबद्ध रहेको बताए । धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाइ थियो ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनीले जस्तै सबै ऊर्जा कम्पनीले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए । ऊर्जा कम्पनीहरूले अन्तरराष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने ऊर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशमा विश्वसनीय, पारदर्शी र अन्तरराष्ट्रिस्तरमा काम गर्ने कम्पनीहरू पनि छन् भन्ने सन्देश दिन भिजन लुम्बिनी सक्षम भएको बताए । कार्यक्रममा प्रमाणपत्र प्रदानका लागि मुल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महीनासम्म कम्पनीको सर्वपक्षीय मुल्यांकन गरेर मात्रै अन्तरराष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।
कम्पनीले प्रमाणपत्र ग्रहणका लागि आइतवार आयोजना गरेको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्ड पालना गर्न भिजन लुम्बिनी प्रतिबद्ध रहेको बताए ।