काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता ‘सूर्य नेपाल एनपिजिए म्याच प्ले’ आज (मंगलवार)देखि रोयल नेपाल गल्फ क्लबमा शुरू हुँदैछ । सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ ।
उपाधि विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले ६ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगितामा भुवन नगरकोटी, पशुपति शर्मा, निरज तामाङ, सूर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रमेश अधिकारी, रवि खड्का, टंकबहादुर कार्की, प्रदीपकुमार लामा, सञ्जय लामा, जयराम श्रेष्ठ, तोरण विक्रम शाही, रामे मगर, दीपक मगर, धनबहादुर थापा, भुवनकुमार रोक्का खेल्दैछन् ।
आज पहिलो चरणको खेल, क्वाटरफाइनल र सेमिफाइनल बुधवार तथा फाइनल र तेस्रो स्थानको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ । ‘नेपालमा व्यावसायिक गल्फको वृद्धि र प्रवर्द्धनमा सूर्य नेपाल प्रालि एक महत्त्वपूर्ण साझेदार रहँदै आएको छ,’ प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भने ।