आगामी आर्थिक वर्ष २०७०/७१ को बजेटका लागि राष्ट्रिय योजना आयोगले रू. ५ खर्ब सीमा निर्धारण गरेको छ । माघ अन्तिम साता भएको बजेट स्रोत समितिको बैठकले आगामी आवका लागि सो सीमा निर्धारण गरेको आयोगको आर्थिक व्यवस्थापन महाशाखा प्रमुख पुष्पलाल शाक्यले अभियानलाई बताए ।
आगामी आवका लागि तोकिएको सीमा चालू आवको कामचलाउ बजेटभन्दा ४२ दशमलव ४५ प्रतिशतले बढी हो । चालू आवका लागि अघिल्लो आव भएको कुल खर्चमा नबढ्ने गरी रू. ३ खर्ब ५१ अर्ब बजेट विनियोजन गरिएको थियो । गत आव २०६८/६९ को बजेटको आकार रू. ३ खर्ब ८५ अर्ब थियो । स्रोतका अनुसार महाशाखाले आगामी साता आयोगले निर्धारण गरेको सीमाभित्र रहेर प्राथमिकताका आयोजनालाई बढी महत्त्व दिई आयोजना पठाउन मन्त्रालयलाई निर्देशन दिने भएको छ ।
वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९