आर्थिक वर्ष २०६८/६९ को अघिल्लो ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा घरजग्गा व्यवसायमा निकै सुधार आएको छ । गत आवको समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा घरजग्गा व्यवसाय ३३ प्रतिशतले बढेको आवास तथा घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष इच्छाराज तामाङले अभियानलाई बताए ।
‘विभिन्न जिल्लाका व्यवसायीहरूले व्यवसाय बढेको खबर गरेका छन्,’ उनले भने, ‘मालपोत कार्यालयहरूको तथ्यांकले समेत व्यवसाय बढेको देखाएको छ ।’ चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा घरजग्गा किनबेचबाट रू. २ अर्ब २७ करोड राजस्व सङ्कलन भएको भूमिसुधार व्यवस्था विभागले बताएको छ । गत आवको सोही अवधिमा उक्त शीर्षकबाट रू. १ अर्ब ९० करोड मात्र राजस्व सङ्कलन भएको थियो ।
वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९