काठमाडौं। विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इन्ड्राइभले ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न गरेको छ । ड्राइभर पार्टनरलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले शुरू गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा शुरू भएको थियो, जसमा नेपालभरिका इन्ड्राइभ ड्राइभरहरूको सहभागिता थियो । प्लाटिनम ड्राइभर गिभअवेअन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो । त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म ड्राइभरहरूले गरेको राइडको आधारमा विजेता छनोट गरिएको थियो ।
यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने र इन्ड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको बताइएको छ । इन्ड्राइभ नेपालका ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले आगामी योजनाहरूप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘यो शुरुआत मात्र हो । हामी हाम्रो ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिबद्धता लिएका छौं । हाम्रो उद्देश्य भनेको ड्राइभर कम्युनिटीलाई अझै सशक्त बनाउँदै थप आर्जनको अवसर सृजना गर्नु हो ।’