काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ३ महीनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांकमा मुद्रास्फीति, आयात-निर्यात, विप्रषण, शोधान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, सरकारको खर्च, निक्षेप संकलन लगायतका सूचकांक प्रस्तुत गरिएको छ । तथ्यांकअनुसार पछिल्लो तीन महीनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ भने विदेशी विनिमय सञ्चिति रु.२२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड छ ।
यस्ता छन् अन्य सूचकांकहरू
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।
- आयात ४.२ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले घटेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ ।
- नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु. २४८ अर्ब २६ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।
रिपोर्ट हेर्नुहोस्