काठमाडौं । असोज महीनामा धितोपत्र दोस्रो बजारमा तीन कम्पनीको मात्र धितोपत्र सूचीकृत भएको छ । सो महीनामा नागरिक लगानीकोष, ग्रीन डेभलपमेन्ट बैंक र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार नागरिक लगानीकोषको १४ प्रतिशत बोनस शेयर बापत्को ७४ लाख ३९ हजार २५० कित्ता शेयर असोज ९ गते दोस्रो बजारमा सूचीकृत भएको हो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३ दशमलव ८० प्रतिशत बोनस शेयर बापत्को १ लाख ९७ हजार २२० कित्ता असोज १० गते र सूर्योदय वोमी लघुवित्तको १४ दशमलव ००४१५३ प्रतिशत बोनस शेयर बापत्को १२ लाख ८२ हजार १०८ दशमलव ५३७ कित्ता शेयर असोज १६ गते दोस्रो बजारमा सूचीकृत भएको हो ।
असोजमा यी तीन कम्पनीको कुल ८९ लाख १८ हजार ५७८ दशमलव ५३७ कित्ता शेयर दोस्रो बजारमा थपिएको जानकारी नेप्सेले मासिक प्रतिवेदनमार्फत गराएको हो ।