काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अब कम्पनीको धितोपत्र कारोबारको अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्नेलगायत कार्यहरू मुक्तिनाथ क्यापिटल नारायणचौर नक्सालबाट हुनेछन् ।
कम्पनीको आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ भने शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।