काठमाडौं । बुधवार स्पेशल प्रि ओपन सेसनमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको पहिलो कारोबार भएको छ ।
यस दिन कम्पनीको शेयर प्रतिकित्ता रू.१९४ दशमलव ३० पहिलो कारोबार भएको हो ।
कम्पनीको शेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो । मंगलवार म्याचिङ नभएका कारण कारोबार हुन सकेको थिएन ।
सोही अनुसार बुधवार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि अव नियमित सेसनमा कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई रू. ६४ दशमलव ९७देखि १९४ दशमलव ९१ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।