काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौरव इभेन्ट, गौतम प्लाजा, कलंकी, मा काठमाडौंमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हकप्रद सम्बन्धमा र हकप्रद जारी गर्ने क्रममा आइपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि असोज १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।