काठमाडौं। सबै नेपालीमा बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यले ‘सबैका लागि बैंक’ मूलनारासहित २०६३ सालमा स्थापना भएको ग्लोबल आइएमई बैंक वित्तीय सूचकांकको माध्यमबाट आफूलाई अब्बल स्थापित गरेको दाबी गर्दै आएको छ । बैंकले देशभित्र मात्र नभई विश्वभरि रहेका नेपाली नागरिकलाई बैंकिङ सेवा दिने प्रयास गरेको बताएको छ । बैंकले नवीनतम सेवा तथा सुविधा सार्वजनिक गरी ग्राहकलाई प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको बताइएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको र यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक रहेको बताइएको छ ।
बैंकले दिगो विकास लक्ष्य २०३० प्राप्तिका लागि सरकार र मातहतका विभिन्न संस्थासँग सहकार्य गर्दै आएको बताइएको छ । बैंकले वातावरण प्रदूषण कम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पँहुच विस्तारका लागि पनि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आएको बताइएको छ । त्यस्तै बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आकर्षण गर्न न्यूनतम ब्याजदरमा कर्जा सुनिश्चितताका लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिई लंैगिक तथा जलवायु फाइनान्सिङका क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आएको बैंकले जानकारी दिएको छ ।