चितवन । भाटभटेनी सुपरमार्केटको चितवनमा २९औँ स्टोर को शिलान्यास भएको छ । सुपरमार्केट टाँडीस्थित शान्ति चोकमा स्टोर सञ्चालनमा ल्याउन लागिएको हो । सुपरमार्केट अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले २९औँ स्टोरले यस क्षेत्र तथा वरपरका जनतालाई सहजता प्रदान गर्ने बताए ।
टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्ट सहित सात तलाको हुनेछ । एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाट लगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालन हुँदै आएको छ ।
२८औँ स्टोरको लागि पोखराको तालचोकमा भूमि पुजन गर्दै का अगाडि बढाएको छ । गुरुङले एक वर्षभित्रमै उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको छ ।
उनका अनुसार अबको १४ महीना भित्रमा स्टोर सञ्चालनमा आउने छ ।